
आगामी महिना अस्ट्रेलियाको डार्विनमा आयोजना हुने ‘टप एण्ड टी–२० शृङ्खला’ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्ने बङ्गलादेश ‘ए’ टोलीको घोषणा गरिएको छ।

बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले प्रतियोगिताका लागि १५ सदस्यीय टोली हिजो सार्वजनिक गरेको हो। टोलीको कप्तानी अनुभवी नुरुल हसन सोहनले गर्नेछन्। उनले यसअघि बङ्गलादेशको राष्ट्रिय टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय खेलहरू खेलिसकेका छन्।
सोहनको कप्तानीमा रहेको टोलीमा राष्ट्रिय टोलीमा खेलिसकेका प्रमुख खेलाडीहरूलाई समावेश गरिएको छ। जसले नेपाली टोलीसामु चुनौतीपूर्ण प्रदर्शन गर्ने अनुमान गरिएको छ।
🏏 नेपाल–बङ्गलादेश भिडन्त
नेपाल र बङ्गलादेश ‘ए’ बीचको खेल अगस्ट १६ ९साउन अन्तिमतिर० मा डार्विनको म्ह्ऋ एरिना मा हुने तालिका छ। यस प्रतियोगितामा नेपालले राष्ट्रिय टोली नै पठाउने भएको छ भने बङ्गलादेश, पाकिस्तानलगायतका देशहरूले आफ्नो ‘ए’ टोलीमार्फत सहभागिता जनाउनेछन्।
प्रतिक्रिया दिनुहोस