
नेपाल भलिबल संघले यू–१९ महिला भलिबल खेलाडीहरूको छनोटका लागि अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ। संघका अनुसार अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने उद्देश्यले योग्य र इच्छुक खेलाडीहरूलाई निर्धारित मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरिएको छ।

छनोट प्रक्रिया संघको प्राविधिक समितिको प्रत्यक्ष निरीक्षणमा हुनेछ। खेलाडीहरूले आफ्नो परिचयपत्र, स्वास्थ्य परीक्षण प्रमाणपत्र तथा आवश्यक खेल सामग्रीसहित उपस्थित हुनुपर्नेछ। मापदण्ड पूरा गर्ने खेलाडीहरूलाई आगामी तालिम र प्रतियोगितामा सहभागिता गराइने संघले जनाएको छ।
संघका पदाधिकारीका अनुसार यस अवसरले प्रतिभाशाली युवा खेलाडीहरूलाई राष्ट्रिय टोलीमा स्थान बनाउने सुनौलो अवसर दिनेछ। इच्छुक खेलाडीहरूलाई समयमै उपस्थित भई आफ्नो क्षमता प्रदर्शन गर्न आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस