
धादिङ । धादिङकी प्रतिभाशाली खेलाडी रेबिका लामा तामाङ नेपाली यू–१९ राष्ट्रिय महिला भलिबल टोलीमा चयन हुनुभएको छ। नेपाल भलिबल संघले घोषणा गरेको टोलीमा स्थान बनाउँदै रेबिकाले आफ्नो खेलकुद यात्रा एक महत्वपूर्ण मुकाममा पुर्याएकी हुन्।
आगामी असोज २४ देखि २८ गतेसम्म (अक्टोबर १०–१४, २०२५) श्रीलंका, कोलम्बोमा हुने साउथ एशियन भलिबल एसोसिएसन (CAVA) मान्य Youth Women’s Volleyball Championship मा नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ। यस अन्तर्राष्ट्रिय प्रतियोगितामा रेबिका लगायत १८ सदस्यीय टोलीले नेपालको प्रतिनिधित्व गर्नेछ।
रेबिकाको छनोटलाई लिएर धादिङसहित सम्पूर्ण कर्णाली यशविस परिवारले खुशी व्यक्त गर्दै उहाँलाई उज्ज्वल भविष्यको शुभकामना दिएका छन्। युवा खेलाडीको अन्तर्राष्ट्रिय स्तरको सहभागिताले भलिबल क्षेत्रमा जिल्लाको मात्र नभई देशकै गौरव बढाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस