
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानतारमा त्रिपुरासुन्दरी गाउँपालिकास्तरीय वडा कप फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ। ‘हातमाथि हातको आवश्यकता, समाज विकासमा युवाहरूको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिता ७-ए साइड खेल प्रणालीमा सञ्चालन गरिनेछ।

प्रतियोगितामा सहभागी टिमले असोज ८ गतेभित्र दर्ता गराउनु पर्नेछ भने खेल असोज १० गतेदेखि सुरु हुने आयोजकले जनाएको छ। फाइनल खेल तथा सांस्कृतिक कार्यक्रम असोज १४ गते हुने छ। प्रतियोगिताको दर्ता शुल्क रु. ४,००० र जर्सीसहित रु. ४,५०० राखिएको छ।
विजेता टिमले रु. ५०,०००, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. २५,००० र प्रमाणपत्र हात पार्नेछ। उत्कृष्ट खेलाडी, अनुशासित टिम लगायतलाई पनि ट्रफी तथा प्रमाणपत्रद्वारा सम्मान गरिनेछ। प्रतियोगिताको आयोजना सल्यानतार युवा विकास समाजले गरेको हो भने संरक्षकमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं–१ कार्यालय रहेको छ।
प्रतिक्रिया दिनुहोस