
धादिङ — विजयादशमीको अवसरमा धादिङमा दोस्रो अरुणोदय कबड्डी कप २०८२ हुने भएको छ। सिद्धलेक गाउँपालिका–९, आदमटारस्थित सत्यवती मावि खेलमैदानमा आयोजना हुने प्रतियोगिता आश्विन १० गतेदेखि १२ गतेसम्म सत्यवती मा. वि. आदमटार सिद्धलेक -७ सञ्चालन हुनेछ।

खेलाडीहरु धादिङ जिल्लाको मात्र पुरुष खेलाडी मात्र सहभागी हुन पाउने आयोजकले बताएका छ्न । सहभागी टोलिको तौल ७० के.जि. भन्दा कम हुनु पर्ने र सहभागी भएका खेलाडीको रु. ५०,००० सम्मको मेडिकल बिमा हुने छ ।
जिल्ला स्तरीय खुला पुरुष कबड्डी प्रतियोगितामा धादिङका विभिन्न टोल तथा क्लबका टिमले प्रतिस्पर्धा गर्नेछन्। विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै उपविजेताले नगद ३० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ र ट्रफि र मेडल पाउनेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट राइडर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी प्रदान गरिनेछ।
कार्यक्रममा दशैँ विशेष सांस्कृतिक प्रस्तुति पनि रहनेछ। प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमले पाँच हजार रुपैयाँ प्रवेश शुल्क अर्थात टिम दर्ता शुल्क तिर्नुपर्नेछ। टिम दर्ता समय आश्विन ७ गते सम्म रहेको छ । खेलाडीले आफ्नो परिचयपत्र, नागरिकता वा जन्म प्रमाणपत्र अनिवार्य रूपमा बुझाउनुपर्ने आयोजक अरुणोदय युवा क्लबले जनाएको छ।
प्रतिक्रिया दिनुहोस