२०८२ कार्तिक १६, आईतबार | Sun, 02, Nov, 2025

घोर्मु युवा क्लवलाई पाँचौं ७ ए साइड कुपा कप फुटबल प्रतियोगिताको उपाधि

  • २०८२ आश्विन २१, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • निलकन्ठ नगरपालिका -१४ अन्तर्गत धुवाकाेट ,कुपा स्थित पाँचौ 7A side कुपा कप फूटबल प्रतियोगितामा घोर्मु युवा क्लवले जित हात पर्न सफल भएको छ । असोज ११ गते देखि चल्दै आएको यो प्रतियोगिता २१ गते आज सम्मन्न भएको हो ।
    सेमिफाइनलमा पुगेका ४ टिमहरु ( घोर्मु युवा क्लव ,कुपा युवा क्लव ,जनआवाज युवा क्लव र फुलमाया युवा क्लव ) मध्य घोर्मु युवा क्लव (नेत्रावती डब्जोङ) र जन आवाज युवा क्लव (माने) फाइनल प्रबेश गरेका थिए । जसमा १-० को अन्तरले जन आवाज युवा क्लवलाई हराउदै घोर्मु युवा क्लव बिजयी बनेको छ ।
    व्यक्तिगत उत्कृष्टताका आधारमा पनि खेलाडीहरू सम्मानित भएका छन् ।
    उत्कृष्ट खेलाडी -देवराज तामाङ
    उत्कृष्ट गोल रक्षक – सुसन खड्का
    सर्बाधिक गोलकर्ता – सागर तामाङ

    प्रतिक्रिया दिनुहोस