
नेपाल भलिबल संघले बंगलादेशमा हुने CAVA Men’s Nation’s Cup 2025 का लागि प्रारम्भिक टोली घोषणा गरेको छ।
मध्य एसियाली भलिबल संघ (CAVA) को स्वीकृति तथा बंगलादेश भलिबल फेडरेसनको आयोजनामा आगामी अक्टोबर २२ देखि २८ (२०२५) सम्म हुने उक्त प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउनेछ।

संघका अनुसार पुरुष राष्ट्रिय टोलीका १८ जना खेलाडीहरू छनोट गरि आस्विन २ गते देखि प्रशिक्षण पनि सन्चालन भएकोमा असज २३ गते सम्पन्न ५७ औं कार्यसम्पादन समितिको बैठक निर्णय अनुसार प्रशिक्षकलाइ छनोट दिएको थियो ।
नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ र अध्यक्ष जितेन्द्र बहादुर चन्द द्वारा जारी सूचनामा प्रारम्भिक छनोटमा रहेका खेलाडीहरूको अन्तिम टोली असोज २३ र २४ सम्पन्न अन्तिम चरणको छनोटमा तल उल्लेख भएका खेलाडीहरु छनोट भएका छन ।
१. धन बहादुर भट्ट क्षेत्री
२. किरण कार्की बस्नेत
३. सुनिल बोहोरा
४. पावल गहतराज
५. शरण सामी क्षेत्री
६. शैलेन्द्र यादव
७. विनोद चन्द
८. अर्जुन नेपाली
९. सफल वि.क
१०. रबिन नगरकोटि
११. नृपध्वज बस्नेत
१२. हरी हजुर थापा
१३. सुजन सुनार
१४. सन्तोष राई
प्रतिक्रिया दिनुहोस