२०८२ कार्तिक १६, आईतबार | Sun, 02, Nov, 2025

रूबी भ्यालीमा अन्तर–पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

  • २०८२ आश्विन ३०, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • रूबी भ्याली गाउँपालिकाको आयोजनामा र थोकर समाजको व्यवस्थापनमा अन्तर–पालिका स्तरीय भलिबल प्रतियोगिता यही कार्तिक ७ गतेदेखि १० गतेसम्म सेर्तुङमा आयोजना हुने भएको छ ।

    दिपावलीको अवसर पारेर आयोजना गर्न लागिएको यो प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टिमहरूले कार्तिक ५ र ६ गतेभित्र टिम दर्ता गर्नुपर्नेछ । टिम दर्ता शुल्क रु. ३,५०० तोकिएको आयोजक समितिले जनाएको छ ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ —
    🏆 प्रथम पुरस्कार: रु. ५०,०००
    🥈 द्वितीय पुरस्कार: रु. ३०,०००
    🥉 तेस्रो पुरस्कार: रु. २०,०००

    समारोहका प्रमुख अतिथि रूबी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ रहनेछन् भने विशेष अतिथि गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ हुनेछन् ।

    थोकर समाजका संयोजक पटे तामाङ (फोन: ९७६६५४४७३९) ले स्थानीय युवाबीच खेल भावना, सौहार्द र प्रतिस्पर्धात्मक क्षमताको विकासका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै खेलाडी, टिम प्रतिनिधि र दर्शकलाई खेलकुद उत्सवमा सहभागी हुन आग्रह गर्नुभयो ।

    रूबी भ्याली गाउँपालिकाले यसअघि पनि विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रममार्फत गाउँका युवालाई सशक्तिकरण गर्ने कार्य गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस